1. नेपालको संविधानअनुसार राज्यले पर्यटनसम्बन्धी के-कस्तो नीति लिने व्यवस्था छ ? उल्लेख गर्नुहोस्। ⇸ नेपालको संविधानको धारा ५१ (ठ) अनुसार राज्यले पर्यटनसम्बन्धी देहायको नीति लिने व्यवस्था छ : नेपालका ऐतिहासिक, सास्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचारप्रसार गर्ने । राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने, पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने । 2. नेपालमा वन सम्पदाको महत्वबारे चर्चा गर्नुहोस् । ⇸ वन र वनबाट प्राप्त हुने वस्तु वन सम्पदा हो । वन सम्पदा प्राणीसँग जोडिएको वस्तु हो । पृथ्वीमा भएका सारा प्राणीले खाने वस्तुदेखि त्यसलाई पचाउने र बिरामी हुँदा बचाउने सम्मका सम्पूर्ण वस्तुको स्रोत वन सम्पदा हो । ‘हरियो वन, नेपालको धन’ महत्व आफैँमा प्रस्ट छ । यसको बाँकी महत्वलाई निम्नानुसार चर्चा गर्न सकिन्छः – औद्योगिक कच्चा पदार्थको स्रोत जस्तैः फर्निचर, कागज, सलाई, जस्ता उद्योग, – जैविक विविधताको ...